चर्चित पञ्जाबी अभिनेता दीप सिद्धूको सडक दुर्घटनामा निधन
बुधबार, ०४ फागुन २०७८, ०७ : ०८
भारतको किसान आन्दोलनका बेला चर्चामा आएका पञ्जाबी अभिनेता दीप सिद्धूको सडक दुर्घटनामा निधन भएको छ । उक्त दुर्घटना दिल्ली नजिकै केएमपिएल नजिकै भएको थियो । प्रहरीका अनुसार दुर्घटना मंगलबार राती ८ देखि साढे ८ बीच भएको हो । दीप सिद्धू आफैँ स्कोर्पियो चलाइरहेका थिए ।
रिपोर्टका अनुसार उनी दिल्लीबाट बटिन्डातर्फ गइरहेका बेला उनको कार एक ट्रकसँग ठोक्किएको थियो ।
दिल्ली प्रहरीले अघिल्लो वर्ष २६ जनवरीमा किसानको ट्र्याक्टर र्यालीका बेला दिल्लीमा भएको हिंसामा दीप सिद्धूलाई पक्राउ गरेको थियो । यसका लागि उनीमाथि इनामसमेत घोषणा गरिएको थियो ।
उक्त मामिलामा अभियुक्त बनाइएका सिद्धूमाथि दिल्ली प्रहरीले एक लाख भारु इनामको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
-
मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण