भाइरल कच्चा बदाम : गायकले पाए ३ लाख, बंगालदेशबाट पनि अफर
भुवन बादायकरलाई एक म्युजिक कम्पनीले उनको भाइरल गीत कच्चा बदामका लागि लाखौँ रुपैयाँ दिएको छ भने पश्चिम बंगाल प्रहरीले उनलाई सम्मानित पनि गरेको छ । उनलाई दिल्ली, मुम्बई र बंगलादेशदेखि कयौँ अफर पनि आइरहेको ।
हालै एक अन्तरवार्तामा भुवनले एक म्युजिक स्टुडियोसँग एक गीत सुटिङ गरेको तर त्यसबापत आफूले एक रुपैयाँ पनि नपाएको गुनासो गरेका थिए । त्यसपछि उनका फ्यानहरूले उनको हक माग्दै अभियान नै सुरु गरेका थिए । अहिले त्यही म्युजिक स्टुडियोले उनलाई लाखौँ रुपैयाँ दिएको छ । कम्पनीका गोपाल घोषले भुवनलाई ३ लाख रुपैयाँको करार गरेको जानकारी दिए । उक्त कम्पनीले भुवनसँग कच्चा बदाम गीतको रिमिक्स बनाएको थियो ।
भुवनलाई बिहीबार गोधूलि बेला म्युजिकले ३ लाख रुपैयाँ दिएको छ भने एक करार पनि साइन गरेको छ । पैसा पाएपछि भुवन निकै खुसी छन् । उनले एक अन्तरवार्तामा भनेका थिए, 'मानिसहरू अहिले मेरो गीतमा नाचिरहेका छन् । अब मैले बदाम बेच्नु पर्दैन । अब मैले बदाम बेच्न खोजे पनि मानिसहरूले त्यसलाई किन्दैनन् बरु मलाई गीत गाउन भन्नेछन् । यदि मेरो गीतले मलाई मानिसहरूसम्म पुर्याउँछ भने मैले अब गीतमा फोकस गर्नुपर्छ । म अझै धेरै भाइरल गीत बनाउन चाहन्छु । अहिलेसम्म मानिसहरूले मेरो लोकप्रियतालाई प्रयोग गरिरहेका छन् । मैले केही पनि पाएको छैन । अब मलाई आशा छ कि यो बदलिनेछ । मलाई धेरै अफर आइरहेको छ । मलाई बंगलादेशबाट पनि अफर आएको छ तर मेरो श्रीमती म त्यहाँ जाओस् भन्ने चाहँदिनन् । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
-
मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली
-
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
-
कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण