आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

बलिउडमा डेब्यू गर्दै आर्यन खान

बुधबार, ११ फागुन २०७८, १४ : २५
बुधबार, ११ फागुन २०७८

शाखरुख खानका छोरा बलिउडमा डेब्यू गर्नका लागि पूर्णरुपमा तयार छन् । तर उनी अभिनेता भने बन्ने छैनन् । रिपोर्टका अनुसार आर्यन खानले आफ्नो करियरको रुपमा अभिनय नभएर लेखनलाई चुनेका छन् । उनी चाँडै नै लेखका रुपमा एक वेब सिरिजमार्फत बलिउडमा डेब्यू गर्न गइरहेका हुन् ।

सन् २०२० मा आर्यनले सदर्न क्यालिफोर्निया विश्वविद्यालयले स्नातक पूरा गरेका थिए । उनीसँग फाइन आर्टस, सिनेमेटिक आर्टस् र फिल्म एन्ड टेलिफिजन प्रोडक्सन लगायत विषयमा अध्ययन गरेका छन् । अहिले आफ्नो सिकाइलाई वेब सिरिजमा प्रयोग गर्न सुरु गर्न लागेका हुन् ।

भारतीय मिडियाका अनुसार आर्यनले वेब सिरिजका लागि ओटीटी प्ल्याटफर्मसँग छलफल गरिरहेका छन् । उनी एक फिचर फिल्मका लागि पनि काम गरिरहेका छन् जसको निर्माण उनको पिता शाहरुखको रेड चिलिज इन्टरटेनमेन्टले गर्नेछ ।

शाहरुखकी छोरी सुहाना पनि फिल्ममा इन्ट्रीका लागि तयार गरिरहेकी छन् । उनी नेटफ्ल्किसको एक वेबसिरिजमा आफ्नो डेब्यू गर्ने बताइएको छ । यसको निर्देशन फिल्ममेकर जोया अख्तरले गर्दैछिन् । यो वेब सिरिज चर्चित आर्ची कमिक्समा आधारित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप