सुन तस्करलाई सघाएको आरोपमा विमानस्थल अध्यागमनका नायव सुब्बा पक्राउ
१ किलो सुनको सिक्री बरामद
शुक्रबार, १३ फागुन २०७८, १४ : ४७
सुन तस्करलाई सघाएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नायब सुब्बा लक्ष्मण गुरागाईंलाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले रातोपाटीलाई बताए ।
शुक्रबार दुबईबाट आएका कमल घिमिरेले ल्याएको १० वटा सुनको सिक्री गुरागाईंले रिसिभ गरेर भन्सार चेकजाँच पार गराएका थिए । फ्लाई दुबईको विमानबाट काठमाडौं ओर्लिएका घिमिरेलाई प्रहरीले पक्रेर सोधपुछ गर्दा गुरागाईंको सहयोगमा सो सिक्री भन्सार पार गराएर बाहिर ल्याएको खुलेको थियो ।
अध्यागमन कार्यालय प्रमुख शाहीका अनुसार गुरागाईं स्टोर किपर हुन् । उनले विमानस्थल भन्सारबाट पास गराएको १ किलो बराबरको १० जना सुनको सिक्री प्रहरीले बरामद गरेको छ । उनीहरु दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण