सुन तस्करलाई सघाएको आरोपमा विमानस्थल अध्यागमनका नायव सुब्बा पक्राउ
१ किलो सुनको सिक्री बरामद
शुक्रबार, १३ फागुन २०७८, १४ : ४७

सुन तस्करलाई सघाएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नायब सुब्बा लक्ष्मण गुरागाईंलाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले रातोपाटीलाई बताए ।
शुक्रबार दुबईबाट आएका कमल घिमिरेले ल्याएको १० वटा सुनको सिक्री गुरागाईंले रिसिभ गरेर भन्सार चेकजाँच पार गराएका थिए । फ्लाई दुबईको विमानबाट काठमाडौं ओर्लिएका घिमिरेलाई प्रहरीले पक्रेर सोधपुछ गर्दा गुरागाईंको सहयोगमा सो सिक्री भन्सार पार गराएर बाहिर ल्याएको खुलेको थियो ।
अध्यागमन कार्यालय प्रमुख शाहीका अनुसार गुरागाईं स्टोर किपर हुन् । उनले विमानस्थल भन्सारबाट पास गराएको १ किलो बराबरको १० जना सुनको सिक्री प्रहरीले बरामद गरेको छ । उनीहरु दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
-
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
छलफल निष्कर्षविहीन भएपछि पेलेरै अघि बढ्ने सत्ता पक्षको सङ्केत
-
अदालत पुग्यो टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय