आदित्य नारायणकी छोरीको जन्म : भने, ‘श्वेताका लागि मेरो सम्मान दोब्बर भयो’
भारतीय गायक आदित्य नारायण र श्वेता अग्रवाल छोरीका बुवा–आमा बनेका छन् । श्वेताले २४ फेब्रुअरीमा मुम्बईको एक अस्पतालमा छोरी जन्माएकी हुन् । बुवा बनेपछि आदित्यले आफू असाध्यै खुसी भएको र छोरी नै जन्मिने कुरामा आफू आशावादी भएको पनि उनले बताए ।
श्वेताका लागि मेरो सम्मान दोब्बर भयोः
आदित्यले एउटा अन्तरवार्तामा भनेका छन्, ‘सबैले मेरो छोरा नै जन्मिने बताएका थिए । तर मलाई भने म छोरीको पिता बन्नेछु भन्ने आशा थियो । छोरी सधैँ आफ्नो पिताको नजिक हुन्छन् र मेरी सानी परी आएकोमा मलाई असाध्यै खुसी लागेको छ । श्वेताका लागि मेरो माया र सम्मान दोब्बर भएको छ । एक महिलाले गर्भावस्था र बच्चा जन्माउने बेला धेरै कुराबाट गुज्रिएकी हुन्छिन् ।’
सङ्गीत उनको डिएनएमा छः
‘म अहिलेदेखि नै उनका लागि गीत गाइरहेको छु । सङ्गीत उनको डिएनएमा छ । मेरी बहिनीले उनलाई एउटा सानो म्युजिक प्लेयर उपहारस्वरुप दिएकी छिन् । यो प्लेयरमा लगातार मन्त्र र राइम्सहरु बजिरहेका छन् । उनको साङ्गीतिक यात्रा सुरु भइसकेको छ किनभने परिवारमा यहि नै छ । उनी ठूलो भएर के बन्नेछिन्, त्यो उनीमाथि नै भर पर्छ ।’
आदित्य र श्वेताले दुई वर्षअघि १ डिसेम्बरमा विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण