१४ वर्षकी भइन् मुन्नी
सन् २०१५ मा फिल्म 'बजरंगी भैजान'मा मुन्नीको भूमिका निर्वाह गरेकी बाल कलाकार हर्षाली मल्होत्राले आज जन्मदिन मनाउँदैछिन् । पछिल्लो समय निकै सफलता हात पारेका केही बाल कलाकारमध्ये हर्षाली पनि एक हुन् । तर फिल्म 'बजरंगी भाइजान' पछि भने उनले अहिलेसम्म बलिउडबाट कुनै राम्रो ठूलो अफर पाएकी छैनन् । हर्षाली अहिले १४ वर्षकी छिन् र अहिले उनको रूप निकै परिवर्तन भएको छ।
हर्षालीले एक अन्तर्वार्तामा आफूले फिल्म, टिभी र ओटीटीका धेरै अफरहरु पाइरहेको बताएकी थिइन् । तर, आफू हतारमा केही गर्न नचाहेको उनको भनाइ थियो । चलचित्रमा आफ्नो कामको याद सधैँ होस् भन्ने उनी चाहन्छिन् ।
हर्षलीले भनिन्, "म भविष्यमा अभिनेत्री बन्न चाहन्छु । अभिनय कक्षामा सहभागी हुनेछु । सही प्रशिक्षण लिएर म आफैलाई तयार गर्नेछु। अहिले, कोभिडको कारणले त्यसो गर्न सकिनँ । अहिले म मार्सल आर्ट प्रशिक्षण र एरोबिक्स पनि गर्दैछु। आफूलाई स्वस्थ राख्न म बाहिर र फास्ट फुड खानबाट जोगिने गरेकी छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण