मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘पेवयल इन्डोर क्रिकेट’ लिगको उपाधि कामना सेवा विकास बैंकलाई

आइतबार, २२ फागुन २०७८, ११ : ०९
आइतबार, २२ फागुन २०७८

कामना सेवा विकास बैंकले पेवयल इन्डोर क्रिकेट लिगको उपाधि जितेको छ । ग्रेट हिमालय क्रिकेट एकेडेमीको फिल्डमा फागुन २१ गते सम्पन्न फाइनलमा माछापुच्छ्रे बैंकलाई १६ रनले हराउँदै बैंकले उक्त उपाधि जितेको हो । सो प्रतियोगितामा १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै कामना बैंकले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रे बैंक १० ओभरको खेलमा जम्मा ८८ रनमा समेटिएको थियो ।
फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ कामना बैंकका रिमेश रेग्मी र ‘प्लेयर अफ द सिरिज’ कामना सेवाकै हेमन्त श्रीवास्तव चुनिए । उत्कृष्ट बलर नेपाल एसबीआई बैंकका निरज कार्की र उत्कृष्ट ब्याट्स मेन माछापुच्छ्रे बैंकका निशेष के.सी. भएका थिए । कर्मचारीहरुलाई नियमित कामको अतिरिक्त खेलकुद लगायत रचनात्मक कार्यहरुमा सहभागी गराउँदै आएको कामना बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप