कार्कीले ल्याए ‘सुनिमाया भाका’
गुल्मीका वरिष्ठ लोक गायक बम बहादुरले सुनिमाया भाका हालै बजारमा ल्याएका छन् । गायक कार्कीले आइतबार आफ्नो युट्युव च्यानलमार्फत सुनिमाया भाका बजारमा ल्याएका हुन् । उनले सुनिमाया भाकामा एक सताब्दीअघि र २०३० को दशकसंम्म गुल्मीसहित पश्चिम नेपालको रहन–सहन, भेष –भुषा कस्तो थियो ? त्यति बेला बुढापाका, युुगल जोडी कसरी प्रस्तुत हुन्थे ? कोदो रोपाई, घाँस, दाउरा , र अन्य कामकाज कसरी गर्थे ? लगायतका त्यतिबेलाका दृश्यहरु भिडियोमा जिवन्त ढंगले समावेश गरेका छन् ।
‘सुुनिमाया गीत अहिलेसम्म कसैले बजारमा ल्याउने प्रयास गरेनन् । पूर्णतः लोप हुुने अवस्थामा आएपछि मैले संरक्षणका लागि सुनिमाया भाकाका केहिी अंश मात्रै अहिले बजारमा ल्याएको हुँ’, गायक कार्कीले भने, ‘अहिले यसलाई ट्रेलर मात्रै ठानौ । भविष्यमा स्थानीयस्तरकै बुढापाकाहरुबाट सुनिमाया भाकालाई थप जिवन्त ढंगले बजारमा ल्याउने प्रयासमा जुट्नेछु । ’
उनले गायन क्षेत्रमा प्रवेश गरेदेखि नै पश्चिम नेपालका मौलिक र ठेट शब्द र भाकामा लोक गीतहरु गाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण