सलमानसँग स्क्रिन सेयर गरेकी यी नायिका, बिरामी भएपछि परिवारले पनि छाडेको थियो साथ
सन् १९९५ मा सलमान खान र अतुल अग्निहोत्रीसँग फिल्म ‘वीरगती’ मा देखिएकी अभिनेत्री पूजा डडवालले आफ्नो जीवनमा निकै उतारचढाव भोगेकी छन् । बिरामी भएपछि उनका श्रीमान र परिवारका सदस्यले पनि उनलाई एक्लै छोडेका थिए । उचित उपचार नहुँदा उनको अवस्था यति बिग्रियो कि उनको तौल २३ किलो मा पुगेको थियो ।
सन् २०१८ मा मुम्बईको शिवडी अस्पतालको जनरल वार्डमा उपचार गरिरहेकी पूजाको भिडियो भाइरल भएको थियो । त्यसपछि सलमानको बिइङ ह्युमन फाउन्डेसनले १० महिनासम्म पूजाको उपचारको जिम्मा लियो । निको भएपछि पुजा डिस्चार्ज भइन् । वीरगति बाहेक पूजाले ‘दबदबा’, ‘हिन्दुस्तान’, ‘सिन्दूर की सौगन्ध’ र ‘म्याडम नम्बर १’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।
त्यसपछि जीविकोपार्जनका लागि पूजाले टिफिन सेवा सुरु गरिन् । एक अन्तर्वार्तामा उनले भनेकी थिइन्- "मलाई के गर्ने भन्ने थाहा थिएन, त्यसपछि मेरो साथी राजेन्द्र सिंह (फिल्म निर्देशक) ले टिफिन सेवाको आइडिया दिनुभयो। उहाँले मलाई यसका लागि ठाउँ र सामग्री पनि दिनुभएको छ। अहिले म म जहाँ काम गर्छु त्यही ठाउँमा बस्छु, बलिउडमा पनि काम पाउन थाल्छु भन्ने भगवानमा विश्वास छ।"

अहिले पूजाको फिल्ममा कमब्याक गर्ने सपना पनि पूरा हुन लागेको छ । उनले सर्ट फिल्म ‘शुक्राना गुरुनानक देव जी का’ बाट कमब्याक गर्ने मौका पाएकी छन् । चलचित्रको छायांकन भैरहेको छ । ‘शुक्राना...’ पछि पूजाले ‘ए ब्युटिफुल वाइफ’ नामको अर्को फिल्म गर्नेछिन् । पूजाले पनि अंकविद्को सल्लाहमा नाम परिवर्तन गर्ने सोच बनाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण