गृहयुद्धको बीचमा यमन पुगिन् एन्जेलिना जोली
हलिउड स्टार एन्जेलिना जोली हालै यमनमा जारी गृहयुद्धको बीचमा मध्यपूर्वमा शरणार्थीहरूलाई सहयोग गर्न देशको भ्रमण गरेकी छिन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तसँग करिब दुई दशक काम गरिसकेकी एन्जेलिना जोलीले इन्स्टाग्राममा आफ्ना फलोअर्सलाई राजधानी अदन आइपुगेको जानकारी दिएकी हुन् ।
इन्स्टाग्राममा एन्जेलिनाले यमनको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै लेखिन्, "म विस्थापित परिवार र शरणार्थीहरूलाई भेट्न र यमनका मानिसहरूलाई मेरो समर्थन देखाउनको लागि UNHCR @refugees को लागि अदनमा अवतरण गरेकी छु ।"
उनले थप लेखेका छन्, "म यहाँ यमनमा शान्तिको खाँचोमा परेकाहरूलाई सहयोग गर्न आएकी छु।" एन्जेलिना जोलीले सो पोस्टमा यो संसारको सबैभन्दा खराब मानवीय संकट मध्ये एक भएको पनि बताएकी छन् । 2022 मा हरेक घण्टा एक जना नागरिक मारिने वा घाइते हुने र यमनीहरूलाई बाँच्नको लागि मानवीय सहायता आवश्यक रहेको जिकिर गरेकी छन् ।
यता युक्रेनमा रुसको सैन्य कारबाहीले विश्वलाई नै स्तब्ध बनाएको छ । युद्धका कारण युक्रेनका धेरै क्षेत्रमा त्रासको वातावरण छ । रुस र युक्रेनबीच सुरु भएको युद्धले अहिले खतरनाक मोड लिएको छ र यस्तो अवस्थामा युक्रेनी जनता आफ्नो घर छाड्न बाध्य भएका छन् । युक्रेनमा यो संकटको बीचमा, हलिउड सुपरस्टारहरू मद्दत गर्न अगाडि आएका छन्।
अभिनेत्री एन्जेलिना जोलीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा युद्ध पीडितलाई सहयोग गर्न अपिल गरेकी छन् । उनले रूसी आक्रमणको बीचमा पनि आफ्नो आवाज उठाउन् र विश्वभरका शरणार्थी संकटहरूको लागि जागरूकता प्रदान गर्न आफ्नो सोशल मिडिया प्रयोग गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण