अस्ट्रेलियाकी २२ वर्षीय गायिका लिल बो वीपको निधन
अष्ट्रेलियन गायिका तथा युट्युव स्टार लिल बो वीपको निधन भएको छ । २२ वर्षीय गायिकाको निधनको खबर सामाजिक सञ्जालमार्फत उनका बुबा म्याथ्यु स्कोफिल्डले सार्वजनिक गरेका हुन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । ‘यो साता डिप्रेसन, आघात, पिटिएसडी, लागु पदार्थको लतविरुद्ध छोरीको लडाई हारे’ स्कोफिल्डले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘उनी मेरो हिरो, छोरी र सबैभन्दा मिल्ने साथी थिइन् ।’ स्कोफिल्डले आफुलाई वीपको बुबा हुनुमा गर्व भएको बताउँदै आफुले उनलाई धेरै माया गर्ने समेत बताएका छन् ।
गायिकाको निधनको खबरले उनको फ्यानमा पीडा पुगेको छ । फ्यानले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरिरहेका छन् । गायिका वीपको असली नाम विनोना ब्रुक्स हो । उनले २०१५ मा साउन्ड क्लाउडमा आफ्नो संगीत शेयर गर्न थालेकी थिइन् ।
उनले हालै इन्स्टाग्राममार्फत आफुले बच्चा गुमाएको एक वर्ष पुरा भएकोमा दुःख व्यक्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण