७ बलिउड सेलिब्रेटी, जसले बनाए हलिउडमा पहिचान
मुम्बई । प्रतिभाशाली कलाकारले भरिएको छ बलिउड । यहाँ यस्ता कयौ कलाकार छन्, जो हलिउड प्रोजेटको छनौटमा परिसकेका छन् । बलिउडका ति कलाकारको यहाँ चर्चा गर्दैछौ । जसले फिल्म तथा टिभी शोका माध्यमबाट हलिउडमा पाइला बढाए ।
आलिया भट्ट : अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुवाई कडियावाडी’का कारणले चर्चामा छिन् । हलिउड कलाकार गल ग्याडोट र जेमी डोर्ननसँगै हलिउड डेब्यु गर्दैछिन् । उनी स्पाई थ्रिलर फिल्म ‘हार्ट अफ स्टोन’मा देखिन लागेकी हुन् । फिल्मका निर्देशक टप हार्पर हुन् ।
प्रियंका चोपडा : प्रियंकाले २०१३ मा थ्रिलर ड्रामा टिभी श्रिङ्खला क्वान्टिकोबाट हलिउड डेब्यू गरेकी थिइन् । जसमा अभिनेत्रीले एलेक्स पेरिसको भूमिका निर्वाह गरेकी थिइन् । त्यसपछि उनले ‘बेवाच’ लगायत धेरै प्रोजेटमा काम गरिसकेकी छिन् । उनले रोमान्टिक ड्रामा ‘टेक्स्ट फर यु’ मा पनि अभिनय गरेकी छिन् ।
दीपिका पादुकोण ः दीपिकाले सन् २०१७ मा ‘एक्सएक्सएक्सः रिटर्न अफ जेन्डर केज’ बाट हलिउडमा डेब्यु गरेकी थिइन् । उनी अब दोस्रो हलिउड फिल्ममा देखिँदैछिन् । जुन एक क्रस कल्चरल रोमान्टिक कमेडी हुनेछ । उनले आफ्नो प्रोडक्सन हाउस ‘का प्रोडक्सन’ ब्यानरमा यो फिल्म निर्माण गर्दैछिन् ।
खान : बलिउडका उत्कृष्ट अभिनेता मध्यका एक थिए स्व.इरफान खान । उनले २००६ मा फिल्म ‘द नेमसेक’ बाट हलिउड डेब्यु गरेका थिए । जुन झुम्पा लाहिरीको उपन्यास ‘द नेमसेक’मा आधारित थियो । यसपछि उनले ‘ए माइटी हार्ट’, ‘जुरासिक वल्र्ड’ लगायत धेरै फिल्ममा काम गरे ।
: तब्बुले पनि इरफान खानसँग ‘द नेमसेक’ मार्फत् हलिउडमा डेब्यु गरेकी थिइन् । फिल्म मीरा नायरले निर्माण गरेकी थिइन् । यसपछि उनी अर्काे ‘द लाइफ अफ पाई’ मा पनि देखिएकी थिइन् ।
राय बच्चन : ऐश्वर्याले २०१५ मा ‘द मिस्ट्रेस अफ स्पाइसेस’ बाट हलिउड डेब्यु गरेकी थिइन् । ऐश्वर्याको फिल्म ‘द लास्ट लीजन’ र ‘द पिंक प्यान्थर २’ मा अभिनय गरिन् ।
अनुपम खेर : ‘द मिस्ट्रेस आफ स्पाइसेस’ फिल्मबाट अनुपम खेरले हलिउड डेब्यु गरेका हुन् । यसपछि उनी ‘लस्ट’ लगायत केही फिल्मको हिस्सा बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण