एमालेमाथि खनिए प्रचण्ड : 'ममाथि ढुंगा हानियो र चस्मा फुट्यो भने झूटो प्रचार गरे'
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख प्रतिपक्षी दल एमालेप्रति खनिएका छन् । एमाले र उसका नेता कार्यकर्ता भ्रामक प्रचार गर्न अभ्यस्त रहेको बताउँदै प्रचण्डले कर्णालीको कार्यक्रममा पनि त्यस्तै प्रचार भएको बताए ।
शुक्रबार पार्टीको कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डमाथि कार्यक्रम हलमै ढुंगा प्रहार भएको भ्रामक खबर शुक्रबार फैलिएको थियो । त्यसबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले समेत खण्डन गरिसकेको सन्दर्भमा प्रचण्ड पनि बोलेका हुन् । प्रचण्डले भने–'कमरेड मनऋषिले देखाउनु भयो एउटा समाचार, काठमाडौंमा अहिले त्यो भाइरल भएको छ रे !
कर्णालीमा प्रशिक्षण सिटी हलमा भएको थियो–त्यो ठाउँमा प्रचण्डमाथि ढुंगा प्रहार भयो । प्रचण्डको चस्मा फुट्यो । त्यहाँ असफल भयो भनेर प्रचार गरेका रहेछन् । हामी त्यहाँ सहभागी भएर आउनेहरुका लागि त त्यो हाँसोउठ्दो कुरा भयो । त्यति अनुसाशित र भव्य रुपमा सफल भएको छ । मैले लगाएको चस्मा यही हो जस्ताको जस्तै छ । तर, बुझ्दा के देखियो भने एमाले भन्ने गुटका मान्छेहरु विछिप्त भएका छन् । उनीहरुले झूटो प्रचार गरेर पनि बाहिर केही भ्रम दिन सकिन्छ कि भनेर कोशिस गरेको देखिन्छ ।'
प्रचण्डले प्रतिक्रियावादी र अवसरवादीहरु जहिले पनि माओवादी आन्दोलन, माओवादी केन्द्र र यसको नेतृत्व उनीहरुका लागि चुनौति भएको बताए । त्यही कारण झुटो प्रचार र बेइमानी गर्नु उनीहरुको दिनचर्या बनेको प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण