आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

वरिष्ठ संगीतकार जङ्गम र गायक परियार पुरस्कृत

शनिबार, २८ फागुन २०७८, २१ : ०७
शनिबार, २८ फागुन २०७८

मकवानपुरमा वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गम र गायक शिव परियार पुरस्कृत गरिएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले भीम विरागको १० औं स्मृति दिवसको सन्दर्भमा शनिबार हेटौंडामा सांगीतिक समारोहकाबीच उनीहरुलाई पुरस्कार प्रदान गरेको हो।

एकलाख रुपैयाँ नगद राशीको बिजुलीमाया वन श्रेष्ठ संगीत पुरस्कार यसवर्ष वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरिएको हो । २०६४ सालदेखि प्रतिष्ठानले यस पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य, वरिष्ठ साहित्यकार एलबी क्षेत्रीले जंगमलाई नगद हस्तान्तरण गर्दै दोसल्ला ओढाएर कदर प्रदान प्रदान गरेका थिए । २०१० सालमा भक्तपुरमा जन्मिएका संगीतकार जङ्गमले हालसम्म चार हजार भन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सयभन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् ।

हेटौंडाका व्यवसायी तथा समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ सालदेखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आइरहेको छ ।

त्यस्तै भीम विराग युवा संगीत पुरस्कार २०७८ बाट लोकप्रिय गायक शिव परियारलाई प्रदान गरिएको छ । उनलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको हो । शिक्षाप्रेमी निरा गोर्खालीले उक्त पुरस्कार सौजन्य गरेकी थिइन् । पुरस्कार प्रदान पश्चात जंगम र परियारले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप