पाकेट मारेको आरोपमा अभिनेत्री पक्राउ
बंगाली चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री रुपा दत्ता पक्राउ परेकी छिन् । प्राप्त समाचार अनुसार रुपालाई पकेट मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यो घटना कोलकाता अन्तर्राष्ट्रिय पुस्तक मेलाको दौरान भएको थियो। एक जना प्रहरी अधिकृतले सार्वजनिक स्थलमा एक महिलालाई फोहोरमा झोला फाल्दै गरेको देखेका थिए । त्यसपछि शंकाको आधारमा ती महिला समातिएकी थिइन् ।
विधान नगर उत्तर प्रहरी चौकी स्रोतका अनुसार शनिबार एक महिलाले डस्टबिनमा झोला फाल्दै गर्दा शंका लागेर प्रहरीले ती महिलालाई सोधपुछ गरेको थियो । साथै उनको झोलाको पनि खानतलासी गरिएको थियो । त्यसमा प्रहरीले धेरै नगद बरामद गरेको थियो भने प्रहरीले त्यसमा अरू थुप्रै पर्स भेट्टाएको थियो ।
अनुसन्धानमा ती महिलाले पनि आफूले विभिन्न ठाउँमा गएर यस्तो गरेको स्वीकार गरिन् । महिलाले मेला, कार्यक्रम र मानिसहरूले भरिएको स्थानहरू गएर पकेट मार्ने गरेको बताइन् । पछि ती महिला रुपा रहेको खुल्यो ।
प्रहरीका अनुसार रुपा दत्ता त्यही अभिनेत्री हुन् जसले केही वर्षअघि फिल्म निर्माता अनुराग कश्यपलाई यौन उत्पीडनको गलत आरोप लगाएकी थिइन् । सन् २०२० मा रुपा दत्ताले अनुराग कश्यपलाई फेसबुकमा गलत सन्देश पठाएको आरोप लगाएको थिइन् । तर पछि अनुरागको नाम लिएर रुपा अर्को व्यक्तिसँग कुरा गरिरहेको खुलासा भयो । रुपाले आफ्नो च्याटको स्क्रिनसट ट्वीटमा सेयर गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण