दोस्रो विवाह गर्दै 'बेबी डल' गायिका कनिका
'बेबी डल' फेम गायिका कनिका कपूर दोस्रो पटक लगनगाँठो बाँध्ने तयारीमा छिन् । रिपोर्टका अनुसार कनिकाले यस वर्षको मे महिनामा एक एनआरआई-व्यवसायीसँग विवाह गर्न लागेकी हुन् । तर, उनीहरूको विवाहको मिति भने अझै खुल्न सकेको छैन । कनिकाका फ्यानहरू यो खबरबाट निकै खुसी देखिन्छन् र उनलाई सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।
कनिकाले गौतम नाम गरेका एक व्यवसायीले विवाह गर्ने छन्। कनिका र गौतम विगत एक वर्षदेखि एकअर्कासँग डेट गर्दै आएका छन् । मिडिया रिपोर्टका अनुसार यी दुईले लण्डनमा विवाह गर्नेछन्। साथै, कनिकाले यस विषयमा कुरा गर्दा उनले यस विषयमा केही पनि भनिनन् न त अस्वीकार नै गरिन्। कनिकाले भनिन्, "माफ गर्नुहोस् नो कमेन्ट । "
कनिकाले १८ वर्षको उमेरमा एनआरआई व्यवसायी राज चन्डोकसँग विवाह गरेकी थिइन् । कनिका र राजका तीन सन्तान अयाना, समारा र युवराज छन् । कनिका लखनउमा हुर्केकी थिइन् । सन् १९९७ मा विवाह पछि उनी लन्डन सरिन् । विवाहको १२ वर्षपछि आफ्नो पतिसित झगडा भयो । सन् २०१० मा कनिकाले श्रीमानको घर छाडेर लखनउ फर्किइन् । त्यसपछि सन् २०१२ मा उनले राजसँग डिभोर्स गरिन् ।
डिभोर्स गरेपछि कनिका आफ्नो म्युजिक करिअरलाई अघि बढाउन मुम्बई गइन्। त्यहाँ उनले पहिलो पटक 'जुग्नी जी' गीतमा स्वर दिने मौका पाए । २०१४ मा सनी लियोनीमाथि छायाङ्कन गरिएको 'बेबी डल' बोलको गीतलाई कनिकाले स्वर दिइन् । 'बेबी डल' बोलको गीत रिलिज भएलगत्तै निकै ठुलो हिट बन्यो । यसका लागि उनले फिल्मफेयर बेस्ट फिमेल प्लेब्याक सिंगर अवार्ड पनि पाइन् । त्यसपछि कनिकाले 'चिट्टिया कलाइयाँ' र 'देसी लुक' जस्ता थुप्रै हिट गीत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण