छायाङ्कन थालेको तीन घण्टामै म्युजिक भिडियो सार्वजनिक
सामान्यतया एक गीतको म्युजिक भिडियो छायाङ्कन भएर सार्वजनिक हुन २, ३ दिन लाग्छ । तर कीर्तिमानी गीतकार डा. डीआर. उपाध्यायको नयाँ गीत ‘सपनीमा आउँछ्यौ तिमी’ भने ३ घण्टामै छायाङ्कन, सम्पादन सकाएर युट्युबबाट सार्वजनिक भएको छ ।
मंगलबार शंखमुल स्थित युएन पार्कमा छायाङ्कन भएको भिडियो छायाङ्कन सुरु भएको ३ घण्टा भित्रै युट्युबमा आएको हो । विश्वमा यति छिटो भिडियो सार्वजनिक भएको पहिलो रेकर्ड भएको निर्माण टिमको भनाइ छ ।
सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका छन् । माइकल चन्दको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन, शिलन लम्सालको सम्पादन छ ।
रमेश चन्द सोडारी र स्मृति श्रेष्ठको अभिनय रहेको भिडियो दिनको ४ ः२१ मा सुरु भएको थियो, भने साँझ ७ ः२० बजे युट्युबबाट सार्वजनिक भएको थियो । भिडियो विश्व रेकर्डको उद्देश्यले त्यति छिटो निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण