बबी देओल, मनिषा कोइरालाको ‘गुप्त’को सिक्वेल चर्चामै सीमित
बबी देओल पछिल्लो समय अभिनयमा सक्रिय भइसकेका छन् । हाउसफुल ४ र रेस ३ जस्ता फिल्ममार्फत अभिनय कमब्याक गरेका बबीलाई आश्रम सिरिजले चर्चामा ल्यायो ।
हालै उनको अभिनय रहेको ‘लभ होस्टेल’ मा पनि उनको कामको प्रशंसा भयो । यद्यपि बबी आफूलाई फिल्ममै सफल बनाउन चाहन्छन् । हाउसफुल ४ सफल भए पनि रेस ३ भने चर्चामा मात्र सीमित भयो ।
फिल्ममा सफलता खोजिरहेकै समयमा बबी अभिनित सफल फिल्म ‘गुप्त’ को सिक्वेल बन्ने चर्चा चलेको छ । ‘दुनियाँ हसिनोको मेला’ बोलको गीतका कारण निकै चर्चामा आएको फिल्ममा बबीसँगै काजोल र मनिषा कोइरालालगायतको अभिनय थियो । फिल्मको सस्पेन्सलाई दर्शकले निकै रुचाएका थिए । अब यसै फिल्मको सिक्वेल बन्ने चर्चा हुन् थालेको छ । गुप्तकै निर्देशक राजीव रायले फिल्मलाई निर्देशन गर्ने चर्चा छ ।
उनले एक अन्तर्वार्ताको क्रममा सिक्वेलको आइडिया आएको बताएका थिए । ‘मलाई आइडिया आइसकेको छ, तर यसलाई फाइनल गर्न बाँकी छ,’ निर्देशक रायले भने, ‘बबीलाई फिल्म लिने पक्का छ अरु कास्ट फाइनल हुनेछ ।’ फिल्मलाई अगाडीकै झैँ यसपटक पनि दर्शकले थ्रिल महसुस गर्ने उनको भनाइ थियो । यद्यपि फिल्मको औपचारिक रूपमा कुनै घोषणा भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण