‘जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७८’ बाट ५ स्रष्टा सम्मानित
‘जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७८’ बाट ५ स्रष्टा सम्मानित भएका छन् । नेपाली प्रगतिवादी कला, साहित्य, गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका यी स्रष्टालाई दश हजार पुरस्कार राशि तथा ताम्रपत्रसहित जनसांस्कृतिक महासंघ नेपालले सम्मान गरेको हो ।
सम्मानित हुनेमा अग्रज ललित कलाकर्मी जुलुमलाल चित्रकार, साहित्यकार पोषराज पौडेल, चलचित्रकर्मी विमल पौडेल, गायिका प्रगति हिङमाङ र नाट्यकर्मी जेवी रुवाली रहेका छन् । २४ औं साँस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर शनिबार राजधानीमा नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सम्मान गरे । सम्मान कार्यक्रममा महराले समाज रुपान्तरणका लागि संस्कृतिकर्मीले महत्वपूर्ण योगदान दिएको बताए ।
कला, साहित्य, गीत–संगीत, नाटक तथा सिर्जनाका विभिन्न माध्यमबाट स्रष्टाले समाजको प्रगतिशील रुपान्तरणमा निरन्तर आवाज उठाउँदै आएको विचार व्यक्त गरे । उनले भने, ‘समाजमा रहेको विभेदलाई हटाइ प्रगतिशील रुपान्तरणका लागि संस्कृतिकर्मीले निरन्तर खबरदारी गरिरहनुपर्दछ ।’
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघ नेपालका इन्चार्ज डा. गोपाल ठाकुरले कलाकारलाई वस्तु मात्रै सम्झिने मानसिकताबाट माथि उठ्नुपर्नेमा जोड दिँदै संघर्ष र चुनावका बेला संस्कृतिकर्मी चाहिने प्रवृत्तिको अन्त्य हुनुपर्ने विचार व्यक्त गरे ।
यस्तै प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले ‘साँस्कृतिक प्रतिरोध दिवस र प्रगतिशील संस्कृति रुपान्तरणको प्रश्न’ विषयमा अवधारणा पत्र प्रस्तुत गरे । कार्यक्रममा जनसांस्कृतिक महासंघका उपाध्यक्ष कर्ण विद्रोहीले संस्कृतिकर्मीले आफ्ना सिर्जनामार्फत रुपान्तरणका पक्षमा माहोल सिर्जना गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा कवि प्रथा, बाबा बस्नेत तथा कृष्णकिशु लगायतका कविले कविता वाचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण