आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मेलिनाको ‘मनमनै मनपराए’ मा ध्रुव र अमिकाको रोमान्स

आइतबार, ०६ चैत २०७८, १७ : १०
आइतबार, ०६ चैत २०७८

गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘मनमनै मन पराए’ सार्वजनिक भएको छ । अर्जुनकान्त भिखारीको शब्द रहेको गीतमा सुनील मास्केले संगीत दिएका छन् ।

गीतको भिडियोमा ध्रुव दत्त र अमिका महतको अभिनय देख्न सकिन्छ । एक प्रेम जोडीको रोमान्टिक प्रेम कहानी भिडियोमा देखाउन खोजिएको छ । भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् ।

बेलायतका रमणीय स्थानमा छायाङ्कन भएको भिडियोमा प्रदीप श्रेष्ठको एरेन्ज  र दीपिका श्रेष्ठको कोरियोग्राफी छ । भिडियोमा सम्पादन र छायाङ्कन निर्देशक श्रेष्ठकै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप