आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

डीआरले बनाए ५० भाषामा एउटै गीत ‘मन मोहिनी’

बुधबार, ०९ चैत २०७८, २१ : १४
बुधबार, ०९ चैत २०७८

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले विभिन्न ५० देशको भाषाको ५० भाषामा एउटै गीत ‘मन मोहिनी’ बनाएका छन् । बुधबार राजधानीमा एक कार्यक्रमका बीच विश्व भाषा क्याम्पसका प्राध्यापक रमेश श्रेष्ठ, संगीतकार सूर्य दयालु, सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी लगायतले गीत सार्वजनिक गरे ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोष को स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर छ । गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ ।

कार्यक्रममा एल्बम सार्वजनिक समारोहमा संगीतकार सूर्य दयालुले डा. उपाध्यायले सधै फरक काम गर्ने क्रममा अर्को नयाँ फरक गीत सार्वजनिक गरेको भन्दै चगीतको प्रशंसा गरे । त्यस्तै गीतका डा. उपाध्यायले आफूले आफ्ना लागि मात्र नभएर आफ्नो समाज र देशलाई चिनाउनका लागि फरक कार्य गर्दै आएको दाबी बताए । गीत डिआरको २५ औ एल्बममा समावेश गरिएको छ । उपाध्याय केही समय पछि एक कानर्यक्रम गर्दै आठ एल्बम सार्वजनिक गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप