सलमान खानलाई अदालतमा पेश हुन आदेश
सलमान खान आफ्ना फिल्मका साथै विवादका कारण पनि बेलाबेला चर्चामा आइरहन्छन् । सलमानले विभिन्न मामिलामा जेलसम्मको चक्कर काटिसकेका छनत् । अब हालै सलमानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ ।
५ अप्रिलमा पेश हुनुपर्नेः
मुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालत पेश हुन आदेश दिएको छ । ती पत्रकारले भनेका थिए, ‘सलमानले ममाथि कुटपिट गरेका थिए र मेरो फोृन पनि खोसेका थिए । ’ उनले सलमानविरुद्ध गरिएको उजुरीमाथि कारवाही नगरेको भन्दै प्रहरीमाथि पनि आरोप लगाएका थिए ।
के हो घटना ?
घटना तीन वर्ष पुरानो हो जब पत्रकार अशोक पाण्डेले सलमानले साइकल चलाउँदै गरेको भिडियो सुट गर्न कोसिस गरेका थिए । त्यतिबेला सलमान र उनका बडिगार्डले अशोकमाथि दुर्व्यवहार गरेका थिए र उनको फोन पनि खोसेका थिए । अशोकले सलमानमाथि कुटपिटको आरोप पनि लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण