सिर्जनशील समाज नेपाललाई ‘पिर’ गीतको टिमबाट सहयोग प्रदान
बिहीबार, १० चैत २०७८, १४ : ३२
प्रकाश सपुतको चर्चित पछिल्लो गीत ‘पिर’ को टिमले सिर्जनशील समाज नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । निकै चर्चित बनेको उक्त गीतबाट भएको आम्दानीको केही हिस्सा आर्थिक सहयोगस्वरुप सिर्जनशील समाज नेपाललाई प्रदान गरिएको हो ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रकाश सपुतले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सहयोगबापत प्रदान गरिएको रकम भने खुलाइएन । सिर्जनशील समाज नेपालले ४७ जना द्वन्द्व पीडित बालबालिकालाई संरक्षण गर्दै आएको पनि सो अवसरमा जानकारी दिइयो ।
गायक प्रकाश सपुतले सिर्जनाले नै सफलता र असफलताको भारी बोकोस् भन्ने मान्यता आफूले राख्ने गरेकै कारण त्यसैले गीत निकाल्नु अघि त्यसबारे चर्चा नगरेको सुनाए । सिर्जनापछि आएका केही प्रश्नलाई भने सार्वजनिक रुपमा कार्यक्रम गरेर जवाफ दिँदै आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण