शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘पिर’ गीतबाट एउटा तप्काको चित्त दुखोस् नै भन्ने थियो : प्रकाश सपुत

बिहीबार, १० चैत २०७८, १५ : १३
बिहीबार, १० चैत २०७८

गायक प्रकाश सपुतले हालै आफूले सार्वजनिक गरेको गीत ‘पिर’ बाट समाजको एउटा तप्काको चित्त दुख्छ भन्ने आफूलाई पूर्व जानकारी रहेको र उनीहरुको चित्त दुखोस् नै भन्ने उद्देश्य रहेको बताएका छन् ।

‘पिर’ गीतका सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गायक सपुतले आफ्नो गीत नेपाली समाजको प्रतिविम्ब रहेको बताए । उनले भने, ‘यो गीतले आम मानिसले बोलिरहेको समस्या, पासपोर्टको समस्या, एउटै कामले गुजारा गर्न नसकेर अलग अलग क्षेत्रमा प्रयास गर्दै आउनु परेको समस्या प्रदर्शन गर्न खोजेको हो, समाजलाई चित्रण गरेको छ यसले ।’

उनले जनयुद्धको समयमा लडाकुहरुले गरेको योगदानलाई अवमूल्यन गरेर अगाडि बढेको एउटा तप्काका लागि यो गीत पाच्य हुने छैन भन्ने आफूलाई पहिला नै थाहा भएको उनले बताए ।

तर, गीतले अर्को तप्का (पूर्व लडाकुसहित) लाई पनि गीतका केही दृश्यले चित्त दुखेपछि आफूले त्यसमा सामान्य संशोधन गरेको उनले प्रस्ट पारे । उनले भने, ‘त्यो पात्र त पहिलादेखि नै पीडित छ, उसको चित्त दुखाउने उद्देश्य होइन तर उसको पनि चित्त दुखेपछि सोच्न बाध्य भएँ ।’

आफूले यो गीतलाई कुनै पार्टीविरुद्ध लक्षित भने नगरेको उनले बताए । उनले भने, ‘फलानो पार्टी खत्तम हो, फलानोलाई भोट नहाल्नु भनेको छ र ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप