टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ हुने
‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ आयोजना हुने भएको छ । यहि चैत २५ देखि ३० सम्म काठमाडौको टुँडिखेलमा आयोजना हुने महोत्सवको आयोजक डिएआर मुभिज रहेको छ । नेपाली कला संस्कृति तथा लोक गीतको पहिचान तथा प्रवद्र्धन गर्ने उदेश्य महोत्सवको रहेको छ । आयोजक डिएआर मुभिजले महोत्सव सांस्कृतिक मौलिक मेला भएको बताएको छ ।
महोत्सवमा विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि अनेक कलासंस्कृति महोत्सवमा प्रदर्शन हुनेछ । डिआर म्युजिकले यस अगाडि २०७६ सालमा ऐतिहासिक ‘राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव’ आयोजना गरेको थियो । कार्यक्रम ५ लाख दर्शकले अवलोकन गरेको बताइन्छ ।
यसपटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ मौलिक मेला भएकोले दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको दाबी छ । कार्यक्रम दर्शकले निःशुल्क प्रवेश गर्न पाउनेछन् । विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष लोक तथा दोहोरी समेत रहने कार्यक्रममा लोकदोहोरी प्रतियोगिता समेत आयोजना हुनेछ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोले ५, ३, २ लाख नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङ्गको प्रस्तुति समेत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण