सोनाक्षी सिन्हाविरुद्ध मुद्दा दर्ता
बलिउड अभिनेत्री सोनाक्षी सिन्हामाथि केही दिन अघि एक इभेन्ट म्यानेजरले धोकाको मुद्दा दर्ता गरेका थिए । घटना मिडियामा सार्वजनिक भएपछि सोनाक्षीले यसलाई झुटो बयान दिएकी थिइन् । अब आफ्नो यसै बयानका कारण सोनाक्षी सिन्हा अर्को एउटा मुश्किलमा परेकी छिन् ।
एक भारतीय सञ्चार माध्यमका अनुसार मुरादाबादका इभेन्ज म्यानेजरले सोनाक्षी सिन्हाको आपत्तिजनक बयानविरुद्ध एसिजेएम–५ अदालतमा एक प्रार्थना पत्र दिएका छन् । म्यानेजरले सोनाक्षीले आफ्नो बयानमा उनलाई अपशब्द प्रयोग गरेको जसका कारण उनको छविमा क्षती पुगेको आरोप लगाएका छन् । यो उजुरी दर्ता भएपछि अदालतले प्रार्थना पत्र स्वीकार गर्दै अप्रिल ४, २०२२ मा सुनुवाईको मिति निश्चित गरेको छ ।
सोनाक्षी विरुद्ध अर्को एउटा मुद्दा दर्ताः
मुरादाबादको कठघर थाना क्षेत्र निवासी प्रमोद शर्माले नायिका सोनाक्षी सिन्हासमेत पाँचजनामाथि धोका दिएको भन्दै मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दामा सोनाक्षीविरुद्ध अदालतबाट जमानती वारेन्ट जारी भएको थियो । यसबारे सोनाक्षीको बयान पत्रिकामा छाप्यो जसमा उनले प्रमोद शर्माविरुद्ध अपशब्द प्रयोग गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण