आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘झुम्के बुलाकी’ गीतमा बलिउड कोरियोग्राफरको नृत्य

आइतबार, १३ चैत २०७८, १७ : ०७
आइतबार, १३ चैत २०७८

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘हेल्लो जिन्दगी’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘झुम्के बुलाकी’ सार्वजनिक गरेको छ । बलिउड कोरियोग्राफर विष्णु देवाको कोरियोग्राफी रहेको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ भने गायक शिवाकोटीको शब्द तथा संगीत छ । 

बेलायतमा छायाङ्कन भएको गीतको भिडियोमा फिल्मका नायक विक्रम डि जोशी र मोडल विभिया श्रेष्ठका साथै विदेशी कोरस प्रयोग गरिएको छ ।  बेलायत र नेपालमा छायाङ्कन भएको ‘हेल्लो जिन्दगी’ एभरेष्ट सूर्य बोहराले निर्माण तथा निर्देशन गरेका हुन् ।

निर्देशक बोहोराकै लेखन रहेको फिल्ममा विक्रमका अलावा दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको अभिनय छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप