शिक्षामा राजनीति गलत : प्रकाशमान सिंह
सोमबार, १४ चैत २०७८, १५ : २६
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव (हीरक जयन्ती) समारोहमा उनले यस्तो बताएका हुन् ।
उनले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिए । उनले भने, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनुपर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको जस्तो सुधारको खाँचो छ ।’
संविधानले उल्लेख गरे जस्तै आधारभूत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेकाले अब यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाखा अधिकृतलाई गोली हानेर हत्या गरेको १५ वर्षपछि प्रतिवादी पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक : ढिलासुस्ती र बेथितिप्रति सरकार गम्भीर बन्नुपर्नेमा सांसदको जोड
-
१० बजे, १० समाचार
-
एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित
-
सङ्घीयताको मर्मअनुरूप बजेट कार्यक्रम लक्षित गर्छौ : मन्त्री थपलिया
-
भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण