आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘नौलाख तारा’ मा सन्दिप र लोसिनाको रोमान्टिक अभिनय

सोमबार, १४ चैत २०७८, १५ : ३१
सोमबार, १४ चैत २०७८

गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको अभिनय छ  । भिडियोमा दुबै रोमान्टिक मुडमा देखिएका छन् । भिडियोमा बालकलाकार सायरा भट्टराई समेत देखिएकी छन् ।
बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप