केजीएफ-२ ले रिलीजअगाडि नै बनायो रेकर्ड, ट्रेलर ट्रेन्डिङ ‘वान’ मा
मङ्गलबार, १५ चैत २०७८, १० : ०४
दक्षिण भारतको बहुचर्चित फिल्म केजीएफ–२ को ट्रेलर रिलीज भएको छ । यो फिल्मको पहिलो च्याप्टरले सर्वाधिक कमाई गर्न सफल भएको थियो । पहिलो च्याप्टर रिलीज भएपछि दोस्रो च्याप्टरको पर्खाइमा रहेका करोडौं दर्शकले ट्रेलरलाई अत्यधिक मन पराएका छन् । ट्रेलरले एक दिनमा नै रेकर्ड बनाइसकेको छ ।
यसको ट्रेलर रिलीज भएको २४ घण्टा ५६ मिलियन भ्यूज बटुलेर ट्रेन्डिङ वानमा पर्न सफल भएको छ । हालसम्म कुनै पनि भारतीय चलचित्रले पहिलो २४ घण्टामा यति भ्यूज पाएको थिएन । ट्रेलरमा सञ्जय दत्ता, रवीना टंडनले दर्शकको ध्यान खिचेका छन् । पहिलो च्याप्टरमा साउथका चर्चित अभिनेता यशको मुख्य भूमिका रहेको थियो ।
हिन्दी भर्जनमा ५४ मिलियिन भ्यूज भएको छ भने तलुगु, कन्नड, तमिल र मलियालममा पनि उत्तिकै मात्रामा भ्यूज देखिएको छ । यो फिल्ःम अप्रिल १४ मा रिलीज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण