चर्चित उपन्यासका नामबाट डीआरले बनाए गीत
नेपालका चर्चित उपन्यासका नामबाट गीत तयार भएको छ । सधै फरक काम रुचाउन गीतकार डा. डीआरले उपाध्यायले आफ्नो पछिल्लो गीत ‘रुप अनेक’ नेपालमा चर्चित उपन्यासका नामबाट तयार गरेका हुन् । गीत रोमान्टिक शैलीमा तयार गरिएको छ ।
स्वर तथा संगीत सागर अधिकारी ‘शरद’को रहेको गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् । गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । जसमा प्रतिमा विष्टसँग गीतकार उपाध्यायले नै रोमान्स गरेका छन् ।
उमेरले जवानी पार गरिसकेका गीतकार उपाध्याय पछिल्लो समय लगातार रोमान्टिक गीतमा युवतीसँग देखिँदै आएका छन् ।
माइकल स्टेपको निर्देशन रहेको भिडियो मोडलिङमा कलाकारले १५० ड्रेस प्रयोग गरेका छन् । सम्भवत यति धेरै पहिरन प्रयोग गरेर म्युजिक भिडियो बनेको यो नै नेपालमा पहिलो हो । केही अलग काम गर्ने सोचले उपन्यासको नामबाट गीत र भिडियोमा १५० ड्रेस प्रयोग गरिएको गीतकार डीआरले बताए ।
गीतको भिडियोमा उत्सव दाहालको छायाङ्कन र सिलन लम्सालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण