विवाहको पाँच वर्षपछि आमा बनिन् भारती
भारतीय हास्य कलाकार भारती सिंह विवाहको पाँच वर्षपछि आमा बनेकी छिन् । आइतबार उनले छोरा जन्माएकी छिन् । भारतीका श्रीमान् हर्ष लिम्बाचियाले सोसल मिडिया पोस्ट सेयर गरेर प्रशंसकमाझ यो खबर सार्वजनिक गरे । हर्षले भारतीसँगको एउटा सुन्दर तस्बिर पोस्ट गर्दै लेखे, ‘इट्स अ बोय’ ।
हर्षको यो पोस्टमा प्रशंसकदेखि सेलिब्रिटीले पनि उनीहरुलाई बधाई दिइरहेका छन् ।
हर्षले भारतीलाई नर्सले झैँ हेरविचार गर्छन्ः
भारतीले केही समय अघि एक अन्तरवार्तामा हर्षले उनको निकै राम्रोसँग हेरविचार गरिरहेको बताएकी थिइन् । यसबारे कुरा गर्दै भारतीले भनेकी थिइन्, ‘हर्ष मेरो नर्स जस्तै हुन् । जब मलाई कम्मर दुख्छ तब उनले पानी तताएर मेरो कम्मर मिचिदिन्छन् । राती जब चना भटुरा वा डेरी प्रोडक्टको क्रेभिङ हुन्छ तब उनले फूड एप्स चेक गरेर कसले होम डेलिभरी गर्न सक्छन् भनेर हेर्छन् । मलाई दुध र पनिर कहिल्यै पनि मन पर्दैनथ्यो तर मलाई यी खानेकुरा राती खान मन लाग्थ्यो ।’
भारतीले सन् २०१७ मा लेखक हर्ष लिम्बाचियासँग विवाह गरेकी थिइन् । उनी हर्षभन्दा ७ वर्ष जेठी छिन् । यी दुईले करिब ७ वर्षसम्म डेटिङ गरेपछि विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण