ओस्कार विजेता जोन जरित्स्कीको निधन
मङ्गलबार, २२ चैत २०७८, २० : ०३
ओस्कार विजेता अभिनेता जोन जरित्स्कीको निधन भएको छ । ७९ वर्षका जोनको हृदयघातको कारण निधन भएको हो । क्यानडाको भ्यानकुभर जनरल अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ ।
उनले १९८३ मा ‘जष्ट अदर मिसिङ किड’ वृृत्तचित्रबाट ओस्कर पुरस्कार हात पारेका थिए । यो फिल्म क्यानडाको कलेज विद्यार्थीको विषयमा थियो ।
४० वर्ष बढी फिल्म करियर रहेका जोन सेन्ट क्याथरिन्स, ओन्टमा जन्मिएका थिए । रोग, लागुपदार्थ र आत्महत्यामा सहायता गर्ने जस्ता प्राय विवादित बिषयमा फिल्म बनाउथे । उनका २००५ को कलेज डेज, कलेज नाइट्स, २००८ को द सुसाइड टुरिस्टबाट उनले दुई पटक जेमिनी अवार्ड जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
-
धनुषाबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण