पौडेललाई देउवाको प्रश्न : प्रधानमन्त्री भएर मैले के बिगारेँ ?
मङ्गलबार, ०६ वैशाख २०७९, १३ : ३९
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सबै ठाउँमा काँग्रेसलाई सरकारमा पुर्याउन सफल भएको बताएका छन् । नेविसंघको स्थापना दिवस कार्यक्रममा उनले प्रधानमन्त्री भएर आफूले राम्रै गरेको पनि बताए । यस्तै देउवाले प्रधानमन्त्री बनाइदेउ भनेर रामचन्द्र पौडेललाई नभनेको बताए । ‘मलाई प्रधानमन्त्री बनाइ देऊ भनेर रामचन्द्रजीलाई भनेकै होइन । सबै साथीले बन कि बन भन्नुभयो । के गर्ने ?,’ उनले भने ।
प्रधानमन्त्री भएर के बिगारेको छु भन्दै काँग्रेस नेता रामचन्द्र पौडेललाई देउवाले प्रश्न गरे । ‘सबै ठाउँमा काँग्रेसलाई सरकारमा ल्याउने मेरो गल्ती हो भने भन्नुस् । प्रधानमन्त्री भएर मैले के बिगारेँ । राम्रै गरेको छु त । राजचन्द्रजीले झन मलाई उहाँले धन्यवाद बधाई दिनुपर्नेमा ।’ गठबन्धन गरेर सबैलाई मिलाउन कुनै अपराध नगरेको देउवाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
-
यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
ओलीका कारण रोकियो छानबिन समितिको टीओआर, कार्यदलमा यसरी भयो सहमतिको खोजी
-
गोरखामा भेनस अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
-
हैदराबादलाई सजिलै हराउँदै कोलकाता फाइनलमा