सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सामूहिक बलात्कार आरोपमा पोखराबाट ३ जना पक्राउ

बिहीबार, २७ वैशाख २०८१, १६ : ३०
बिहीबार, २७ वैशाख २०८१

पोखरा । पोखराबाट सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ परेका छन् । गत २४ गते उनीहरूलाई अमरसिंह चोकबाट पक्राउ गरिएको हो । मादी गाउँपालिका ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार पक्राउ परेका हुन् ।

उनीहरुले खाजा खान जाम भनि बसमा लगेर बलात्कार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।  `खाजा खान जाम भनी ललाई फकाई खेलकुद मैदानमा पार्किङ गरी राखेको बस भित्र लगी बियर समेत सेवन गर्न लगाएको भेटियो,´ कास्की प्रहरी डीएसपी वसन्तकुमार शर्माले भने, `त्यसपछि पालैपालो जबरजस्ती करणी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।´

तीनै जनालाई जिल्ला अदालतबाट जबरजस्ती करणी (सामूहिक) मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको शर्माले बताए । `लामो समय गाडीको ढोका बन्द रहेको र सीआरभीले खोल्दा आपत्तिजनक अवस्थामा भेटियो,´ उनले भने, `महिला काठमाडौँबाट आएको भन्ने छ । घटनाबारे प्रस्ट हुन बाँकी छ ।´

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप