पल शाहले किन सार्वजनिक गरे प्रहरीसँग मुठभेडको तस्बिर ?

काठमाडौँ । अभिनेता पल शाहले प्रहरीसँगको मुठभेडको दुई तस्बिर सामाजिक संजालबाट शेयर गरेका छन् । मंगलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोमा उनी वृद्ध अवस्थामा देखिएका छन् ।
तस्बिर फिल्म ‘पुजार सार्की’ अभिनय सिलसिलाको हो । फिल्मको रिलिज दुई दिन बाँकी भन्दै उनले यी तस्बिर सार्वजनिक गरेका हुन् ।
‘मेरो करियरमा महत्वपूर्ण चलचित्र ‘पुजार सार्की’ साबित हुनेमा म ढुक्क छु । मैले केही दिन अगाडी पनि भनेको थिएँ कि म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन’, उनले अगाडि भनेका छन् ‘मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरुले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु ।’ उनले फिल्मको छायांकनको कारण संचार माध्यममा प्रत्यक्ष उपस्थित भएर समाचारको बिषय बन्न नसक्नुको बाध्यता बुझिदिन समेत आनुरोध गरेका छन् ।
‘आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु । यो तस्बिरबाट तपाईले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ’ उनले थपे ।
फिल्म ‘पुजार सार्की’ यहि जेठ १० गते बिहिबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । दिनेश राउत निर्देशित फिल्म सुवाष भुषालले निर्माण गरेका हुन् । फिल्ममा पलको अलवा प्रदीप खड्का र आर्यन सिग्देलको समेत अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
-
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
-
१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
-
भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस
-
पाथीभरा क्षेत्रमा हिमपात
-
पर्सा सीडीओको एक्सन, केन्द्राध्यक्षसहित चार जनालाई कारबाही