बसपार्कमा तानातान गरेर पर्यटकलाई दुःख दिने सात जना पक्राउ
कास्की । सर्वसाधारण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा ७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-४ बस्ने ३८ वर्षीय यम बहादुर बिक, सोही महानगरपालिका-९ बस्नेहरू २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय विक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चुरी तथा २० वर्षीय लक्ष्मण सिंह, सोही महानगरपालिका-७ बस्ने २२ वर्षीय विकास श्रेष्ठ र सोही महानगरपालिका-२६ बस्ने २८ वर्षीय साजन परियार रहेका छन् ।
पोखरा महानगरपालिका-९ स्थित पृथ्वीचोक, बसपार्क एरियामा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आफू अनुकूलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाइ गर्ने तथा लागु औषधजन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरूलाई दुःख हैरानी दिइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण