सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

बुटवल–बेलहिया सडक १२ वर्षसम्म अधुरै : नयाँ ठेक्काका लागि विभागमा पुग्यो फाइल

मङ्गलबार, ०८ जेठ २०८१, १० : ३८
मङ्गलबार, ०८ जेठ २०८१

बुटवल । नेपाल–भारत पारवहन सेवालाई सहज बनाउने उद्देश्यले एक दशक अघिदेखि सुरु भएको रुपन्देहीको बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अझै पूरा भएको छैन ।

आर्थिक वर्ष २०६८/०६९ देखि सुरु भएको आयोजना ५ वर्षमा सक्ने गरी ठेक्का लगाइएको थियो । २०७३ मा बुटवलको क्षेत्रको साढे तीन किलोमिटर थपेर साढे २७ किलोमिटर पुर्‍याइएको उक्त सडक ४ लेनबाट ६ लेन बनाउने काम अझैसम्म पूरा नभएको हो ।

पछिल्लो समय बुटवलको साढे ३ किलोमिटर र बेलहियाको ७५० मिटर सडक निर्माण गर्ने कञ्चनजङ्घा बिरुवा जेभीसँग ठेक्का तोडिएपछि अन्योल बढेको छ ।

अहिले बुटवलको मुख्य सडकको साढे ३ किलोमिटर सडक अलपत्र छ भने बेलहियाको ७५० मिटर सडक भन्सार कार्यालय अगाडि लथालिङ्ग अवस्थामा छ । बुटवलतर्फ तीन वर्षमा निर्माण सक्ने गरी २०७३/०७४ मा ५३ करोड ९७ लाख ९९ हजार रुपैयाँमा ठेक्का लगाइएको थियो ।

बेलहियाको ७५० मिटर सडक निर्माण गर्न पनि सोही कन्स्ट्रक्सनसँग १८ करोड लागतमा सम्झौता भएको सडक कार्यालय बुटवलले जनाएको छ ।

कम्पनीले ठेक्का लिए पनि समयमा काम पूरा गर्न नसक्दा ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकृत इन्जिनियर महेश्वर लम्सालले जानकारी दिए । 

उनले नयाँ ठेक्का लगाउने विषयमा फाइल विभागमा पुगेको रातोपाटीलाई बताए । उनले विभाग, मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा फाइल पुग्ने र ठेक्का लगाउने बाटो खुल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप