भन्सार छलीका सामानसहित ट्रक प्रहरी नियन्त्रणमा
वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । वीरगन्जको विभिन्न ठाउँमा चलाएको विशेष जाँचमा प्रहरीले भन्सार छलीका १ करोडभन्दा बढी मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।
वीरगन्जको विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका खाद्यान्न, औषधी, खुद्रा तथा हार्डवेयर लगायतका सामान बरामद गरेको जनाएको छ ।
प्रहरी प्रवक्ता कुमार विक्रम थापाले १ करोड ३९ लाख १३ हजार ४४२ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद भएको जानकारी दिए ।
उनका अनुसार सामानसहित २ वटा ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको टोलीले महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट प्रदेश २–०३–००१ ख ६९८६ र ना.७ ख १६५४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
यी दुवै ट्रकमा रहेका कपडा, औषधी तथा खुद्रा सामानहरूको बिल शंकास्पद देखिएकोले नियन्त्रणमा लिइएको डीएसपी थापाको भनाइ छ ।
यता वीरगन्ज– १६ ईदगाह चोकबाट १ लाख ५४ हजार ६०० मूल्यका कालो सखड, काउली बदाम र ईनो लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।
बरामद सामानसहित २ वटै ट्रक आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण