गोरखामा भेनस अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ र ४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । काठमाडौँको मध्य बानेश्वरमा रहेको भेनस अस्पतालले यही जेठ १२ गते शनिबार आँपडाँडास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो । शिविर बिहान ८ बजेदेखि सुरु हुने अस्पतालका अध्यक्ष नारायण ढकालले जानकारी दिए ।
स्वास्थ्य शिविर भिडियो एक्सरे सुविधासहितको हुने उनको भनाइ छ । शिविरमा मृगौला, पित्तथैलीको पत्थरी, आँखा, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा नसा रोग सम्बन्धी जाँच हुनेछ भने जनरल फिजिसियनबाट सम्पूर्ण चेकजाँच हुने छ । यस्तै आँखा जाँचपछि आवश्यकता अनुसार आँखा रोगीलाई शिविर स्थानमै चस्मा पनि वितरण गरिने अस्पतालले जनाएको छ ।
आफूहरूले गण्डकी गाउँपालिकाको भ्रमण गर्दा भेनसले गर्ने शिविर सो ठाउँमा गर्न उपयुक्त हुने देखेर यो निर्णयमा पुगेको ढकालले जानकारी दिए । शिविरमा १००० जनालाई सेवा दिन सकिने गरी तयारी गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण