हैदराबादलाई सजिलै हराउँदै कोलकाता फाइनलमा
अहमदाबाद । कोलकाता नाइट राइडर्सले पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई हराउँदै इन्डिन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा कोलकाता ८ विकेटले विजयी बनेको हो ।
हैदराबादले प्रस्तुत गरेको १ सय ६० रनको मध्यम लक्ष्य कोलकाताले ३८ बल बाँकी छँदै पछ्यायो । वेंकटेश ऐयर र श्रेयस ऐयरले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई जित दिलाए ।

कप्तान श्रेयसले मात्र २४ बलमा ५८ रन जोडे । उनले यस क्रममा ५ चौका र ४ छक्का हिर्काए । त्यस्तै, वेंकटेशले २८ बलमा ५१ रन बनाए । उनले पनि ५ चौका र ४ छक्का प्रहार गरे ।
रहमानुल्लाह गुरबाजले २३ रन तथा सुनिल नरेनले २१ रनको योगदान दिए । हैदराबादका लागि प्याट कमिन्स र टी नटराजनले एक–एक विकेट हात पारे ।
यसअघि मिचेल स्टार्क र वरुन चक्रवर्तीको घातक बलिङसामु हैदराबाद १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा सीमित बनेको थियो । स्टार्कले ३ तथा चक्रवर्तीले २ विकेट लिए ।

हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाए । हेनरिच क्लासनले ३२ रन, कप्तान कमिन्सले ३० रन तथा अब्दुल सामदले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् ।
हारका बाबजुद हैदराबादले फाइनलमा जानका लागि अर्को मौका प्राप्त गर्नेछ । भोलि हुने राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिचको विजेतासँग टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण