पोखराबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
मङ्गलबार, ०८ जेठ २०८१, १९ : २३

पोखरा । पोखराबाट लागू पदार्थ ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले पोखरा १४ बीपीमार्गबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा १३ मियाँपाटन बस्ने ३७ वर्षका बैतुल करिम मियाँ, पोखरा ३१ बस्ने २६ वर्षका अस्मित ढुंगाना र बाँके घर भई पोखरा १३ मियाँबाटन बस्दै आएका अब्दुल कमाल छन् ।
उनीहरुको साथबाट ५ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर र २६ हजार नगद बरामद भएको छ । तीनैजनालाई १० दिन म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग