पोखराबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
मङ्गलबार, ०८ जेठ २०८१, १९ : २३
पोखरा । पोखराबाट लागू पदार्थ ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले पोखरा १४ बीपीमार्गबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा १३ मियाँपाटन बस्ने ३७ वर्षका बैतुल करिम मियाँ, पोखरा ३१ बस्ने २६ वर्षका अस्मित ढुंगाना र बाँके घर भई पोखरा १३ मियाँबाटन बस्दै आएका अब्दुल कमाल छन् ।
उनीहरुको साथबाट ५ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर र २६ हजार नगद बरामद भएको छ । तीनैजनालाई १० दिन म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण