पक्राउ पुर्जी जारी भएपछि कैलाश सिरोहियाले भने– ब्याग, लुगाफाटो र औषधि गाडीमा हालेर आएको छु
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राजनीतिक प्रतिशोधको भावनाले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएका बताएका छन् । यस्ता ब्याकमेलिङ र राजनीतिक प्रतिशोधबाट कान्तिपुर मिडिया ग्रुप आफ्नो गर्नुपर्ने काम तथा कर्तव्यबाट कतैपनि बिचलित नहुने उनको भनाइ छ ।
मंगलबार आफूलाई भेट्न पुगेका नेपाली कांग्रेस नेताहरुसँग कुराकानी गर्दै सिरोहियाले जस्तोसुकै ब्ल्याकमेलिङ र राजनीतिक प्रतिशोध साँध्न खोजिएपनि कान्तिपुरले आफ्नो काम गरिरहने बताए ।
‘व्यक्तिगत रुपमा म जस्तोसुकै अनुसन्धान र आक्षेप सहन तयार छु । तर कान्तिपुर मिडिया ग्रुपलाईू राजनीतिक सौदाबाजी गर्न खोजेको मलाई पटक्कै मान्य छैन’, उनले भने । उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सुनेपछि ब्याग, लुगाफाटो र औषधि सबै गाडीमा हालेर अफिस आएको पनि बताए । ‘म त यो कुरा थाहा पाएपछि, ब्याग, लुगाफाटो औषधि सबै हालेरै आएको छु गाडीमा’, उनले भने ।
नागरिकताको विषयमा जिल्ला अदालत धनुषाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण