शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस संसदीय समितिको बैठक बालुवाटारमा जारी

आइतबार, ११ वैशाख २०७९, १९ : ११
आइतबार, ११ वैशाख २०७९

नेपाली काँग्रेसको संसदीय समितिको बैठक जारी रहेको छ । बैठक आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको सहमहामन्त्री जीवन परियारले बताएका हुन् ।

आइतबार दिउँसो बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको थियो । संसदीय समितिको बैठकले महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउने छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकामा लड्ने उम्मेदवारको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो । ​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप