कालीप्रसादले दरबारमार्गमा दर्शक नचाउने
आइतबार, ११ वैशाख २०७९, २१ : ५९
गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले आफ्नो चर्चित गीत संगीतबाट दर्शक नचाउने भएका छन् । ३१ वैशाखमा आयोजना हुने ‘कालीप्रसाद बाँस्कोटा लाइभ’ नामक कन्सर्टमा उनले आफ्ना हिट गीत मार्फत दर्शक रिझाउने भएका हुन् ।
दरबारमार्गको क्लब प्लाटिनममा आयोजना हुने कार्यक्रमको आयोजक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो । कार्यक्रममा ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’ लगायत लोकप्रिय गीतहरू आफूले राख्ने कालीप्रसादले बताए । कार्यक्रममा कालीप्रसादको अलवा अन्य केही कलाकारको समेत नृत्य, गायन लगायतको आकर्षक प्रस्तुति हुनेछ ।
कोभिड महामारीपछि कालीप्रसादको काठमाडौंमा पहिलो कार्यक्रम हुन लागेको हो । कालीप्रसाद केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायक समेत रहेका थिए । ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि उनी निर्णायक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण