गीति संग्रह ‘खुशीको खुराक’ सार्वजनिक
गीति संग्रह ‘खुशीको खुराक’ सार्वजनिक गरिएको छ । वीरेन्द्र पाठकको शब्द रहेको गीतको राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । प्राज्ञ सुनिल मास्केको संगीत रहेको एल्बममा ६ गीत समावेश छन् । संग्रहका गीतमा चर्चित गायक–गायिकाले स्वर दिएका छन् ।
जसमा मिलन नेवारको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा ‘मनपर्ने मायालाई’, राज सिग्देलको स्वर तथा रिकेश गुरुङ संगीत संयोजनमा ‘खुशीको खुराक’, विश्व नेपालीको स्वर तथा प्रदीप नेपालीको संगीत संयोजनमा ‘मन पर्ने मायालाई’, शिव परियारको स्वर तथा दीक्षित पौडेलको संगीत संयोजनमा ‘कहिले मन पर्यो’, रचना रिमालको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा ‘आँधीबेहरीले उडायो’, सुरेश लामाको स्वर तथा दीक्षित पौडेलको संगीत संयोजनमा ‘केश कोर्या’ बोलको गीत गीति संग्रहमा समावेश छ ।
६ गीतमध्ये मिलन नेवारले स्वर दिएको ‘मन पर्ने मायालाई’ को भिडियो समेत तयार भएको छ । युवराज वाइबाको निर्देशन, सञ्चारकर्मी नरेश भट्टराई र मोडल उषा उप्रेतीको अभिनय रहेको भिडियो केही दिनमा सार्वजनिक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण