रामचरणको ‘आचार्य’ फ्लप, वितरकले मागे ५० करोड क्षतिपूर्ति
सुपरस्टार रामचरण अभिनीत फिल्म ‘आरआरआर’ सुपरहिट सावित भएपनि बक्स अफिसमा रिलिज भएको उनको अर्काे फिल्म ‘आचार्य’ ले भने घुँडा टेक्ने देखिएको छ । शानदार ओपनिङ गरेको फिल्मले ६ दिनमा ५४. ७४ करोड कमाउन सफल भएको छ ।
फिल्म रामचरण, पूजा हेगडेसँगै चिरञ्जीवीको पनि मुख्य भूमिका छ । यो फिल्म रामचरण र चिरञ्जीवीकै करियरको सबैभन्दा फ्लप फिल्म साबित हुँदैछ । १४० करोडमा बनेको फिल्मले आफ्नो लगानी उठाउने छाटकाट देखाएको छैन ।
विशेषज्ञहरूले फिल्मको रिलिज ओटीटीमा गरेको भए राम्रो हुनसक्ने अनुमान गरेका छन् । अहिले पनि फिल्मलाई ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियो र डिजिटल अधिकारले राम्रो पैसा दिन तयार छ । समाचारका अनुसार फिल्म २७ मे २०२२ मा ओटीटीमा रिलिज हुँदैछ ।
फिल्म निर्माता कोराताला शिवाले लेखका हुन् । फ्लप भएको कारण खराब लेखन भन्दै उनी ट्रोल भइरहेका छन् । मिडिया रिपोर्टका अनुसार फिल्मले करिब ९० करोडको नोक्सानी व्यहोर्नु पर्ने देखिएको छ । जसका कारण वितरकले ५० करोडको क्षतिपूर्तिको माग गरेका छन् । ‘आचार्य’ रामचरण र चिरञ्जीवीको होम प्रोडक्सनमा निर्मित फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण