केजीएफका अभिनेता मोहन जुनेजाको निधन
साउथ फिल्म उद्योगका चर्चित हास्य कलाकार मोहन जुनेजाको ५४ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ । लामो समयदेखि रोगसँग लडिरहेका मोहनले उपचारका क्रममा बैंगलोरको एक निजी अस्पतालमा अन्तिम सास लिएका थिए । मोहनको निधनमा फ्यानसहित धेरै सेलिब्रेटीले सामाजिक सञ्जालमा पोस्ट शेयर गरेर शोक व्यक्त गरेका छन् ।
मोहन जुनेजाले आफ्नो करियर कमेडियनको रूपमा सुरु गरेका थिए । आफ्नो करियरमा मोहनले तमिल, तेलुगु, मलयालम र हिन्दीलगायत धेरै भाषाहरूमा १०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरे। उनी KGF-2 र KGF-1 जस्ता सुपरहिट फिल्महरूमा पनि देखापरेका थिए। फिल्म केजीएफ–२ मा मोहनले पत्रकार आनन्दीको इन्फर्मरको भूमिका निभाएका थिए ।
मोहनले दर्शन, उपेन्द्र, पुनीत राजकुमार, अम्बरीश, शिवराजकुमार र चन्दन जस्ता धेरै स्टारहरूसँग पनि काम गरे। उनले ‘चेतला’बाट ठुलो ब्रेक पाएका छन् । उनले सन् २००८ मा कन्नड फिल्म ‘संगमा’ बाट अभिनेताको रूपमा डेब्यु गरेका थिए । उनी विशेष गरी कन्नड चलचित्रका लागि परिचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण