सांघाईमा कोरोना फैलिएसँगै चीनको अर्थतन्त्र अपेक्षितभन्दा बढी प्रभावित
कोभिड–१९ महामारीबाट चीनको अर्थतन्त्रमा अपेक्षा गरेभन्दा बढी प्रभावित बनेको छ । चीन यतिबेला सांघाई शहरमा फैलिरहेको कोभिड महामारीसँग जुधिरहेको छ । जसबाट चीनको अर्थतन्त्रमा ठूलो क्षती पुगेको हो ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको खुद्रा बजार सबैभन्दा बढी प्रभावित बनेको छ । यस्तै, उद्योगहरूको उत्पादन समेत प्रभावित बनेको अमेरिकी समाचार संस्था सीएनएनले जानकारी दिएको छ । चीनको तथ्यांक विभागका अनुसार त्यहाँको खुद्रा व्यापार गत वर्षको तुलनामा ११.१ प्रतिशतले खुम्चिएको छ । यो यसअघि गरिएको ६.१ प्रतिशतको गिरावटको प्रक्षेपणभन्दा बढी हो । यसअघिको प्रक्षेपणभन्दा ५ प्रतिशत बढीले चीनको बजार प्रभावित बनेको पाइएको छ ।
यसैगरी, चीनको औद्योगिक उत्पादन २.९ प्रतिशत घटेको छ । जुन, अघिल्लो वर्षको तुलनामा यसअघि ५ प्रतिशतले सुधारिएको थियो । तर, सांघाइमा कोरोना महामारी फैलिएसँगै फेरी उत्पादनमूलक उद्योग प्रभावित बनेका हुन् । यसका साथै, चीनको रोजगार बजार ६.१ प्रतिशतले घटेको छ । जुन, मार्च महिनाकोभन्दा ५.८ प्रतिशतले घटेको हो । यस्तै, यो तथ्यांक पछिल्लो २१ महिनायताकै उच्च हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)