
माओवादीले वर्चश्व जमाएको जुम्लाको हिमामा काँग्रेस विजयी

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका लक्ष्मण शाही निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका अम्मरराज शाहीलाई पराजित गरेका हुन् । काँग्रेसका निर्वाचित शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भए भने माओवादीका शाहीले एक हजार ४२३ मत प्राप्त गरेका छन् ।
उनी अखिल क्रान्तिका युवा नेता समेत हुन् । यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै सुर्पना शाही विजयी भएकी छन् उनले एक हजार ६१८ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएकी छन् । ०७४ का यो पालिकामा नेकपा माओवादी केन्द्रले वर्चश्व जमाएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ